१७ आश्विन २०७९, सोमबार - Monday 03 October 2022

  • Advertisement skip this

    बुटवल नेटवर्क द्वारा २०७९ सालको भित्तेपात्रो बिमोचन तथा शुभकामना आदान्प्रधान कार्यक्रम सम्पन्न

    “साझा बिचार, ताजा समाचार” भन्ने मुल नारालाई आत्मासार गर्दै एभि वान मल्टिमिडिया प्रा.लि. द्वारा संचालित बुटवल नेटवर्कको नव बर्ष २०७९ सालको भित्तेपात्रो बिमोचन तथा शुभकामना आदनप्रदान कार्यक्रम यहि मिति २०७८ चैत ३० गते सैनामैना वार्ड न.१ स्थित अभियान बालगृहमा खाद्यान्न तथा फलफुल बितरणका साथ समपन्न भएको छ ।
    बुटवल नेटवर्कका प्रबन्ध निर्देशक इश्वोर पौडेल (आर.एन.)को अध्यक्षता,रेडियो शुद्धोधन ९५.१ मेघाहर्जका निर्वतमान अध्यक्ष भवानी प्रसाद पैडेलको प्रमुख आथित्यता तथा अभियान बालगृहका संरक्षक तिलक शाहिको बिशिस्ट आथित्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । बिमोचन समारोहमा बुटवल नेटवर्कका सह-संचालक सन्जय प्रसाद चालिसे, सम्वाद्दाता नगेन्द्र केसि,सुधिर ठाकुर लगायत बालगृहका बालबालिकाहरुको उपस्थित रहेको थियो।
    राष्ट्रिय गानबाट प्रारम्भ भएको उक्त कार्यक्रममा प्रमुख अतिथि भवानी प्रसाद पौडेल द्वारा ब्यानर पढि  कार्यक्रमको उदघाटन गरिएको थियो ।
    कार्यक्रममा प्रमुख अतिथी भवानी प्रसाद पौडेलले शुभकामना मन्तव्य राख्दै देशमा धेरै जसो मिडियाहरुले सत्य तथ्य नबुझि समाचार सम्प्रेषण गर्ने गरेको र तेहि कारणले गर्दा हाल देशका धेरै मिडियाहरु बन्द भएको कुरा बताउदै बुटवल नेटवर्कले जहिले पनि  सत्य र तथ्य सहितको समाचार सम्प्रेषण गरोस र स्वयम् आफै पनि एउटा मिडियाको अध्यक्ष रहेको नाताले पनि यस नेटवर्कलाई आफुले सक्दो सहयोग गर्ने कुरा बताउदै नयाँ बर्षको शुभकामना दिदै आफ्ना भनाईहरु अन्त्य गर्नु भएको थियो।
    खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्नुका साथै मनोरन्जन पक्षलाई समेत यस मिडियाले समेट्दै अघि बड्ने कुरा बुटवल नेटवर्कका निर्देशक तथा कार्यक्रमका अध्यक्ष आर.एन पौडेलले बताउनु भयो, पौडेलले अब केही दिनमै उक्त बालगृहमा रहेका र अन्य जो पत्रकारितामा रुचि राखेका र आर्थिक अवस्था कम्जोर भएका कारण पत्रकारिता तालिम लिन न सकेकालाइ निशुल्क ७ दिने उद्घोषण तथा पत्रकारिता तालिम दिनुको साथै यदि स्थानिय सरकार बाट उक्त बालगृहलाई कम्प्युटरको ब्यस्था भएको खण्डमा निशुल्क तालिम दिने कुराको समेत प्रतिबद्धता गर्नु भएको थियो।
    कार्यक्रममा बिशिस्ट अतिथी बालगृहका संरक्षक तिलक शाहीले शुभकामना मन्तव्य राख्नु भएको थियो भने सस्थाका सह-संचालक सन्जय प्रसाद चालिसेले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सन्चालन बुटवल नेटवर्कका सम्वाद्दाता सुधिर ठाकुरले गर्नु भएको थियो।

    Comment

    लोकप्रिय