९ आश्विन २०७९, आईतवार - Sunday 25 September 2022

  • Advertisement skip this

    बुटवल १६ मा कोरोना विरुद्ध खोप कार्यक्रम सम्पन्न ।

    सुधिर ठाकुर,
    बुटवल। बुटवल-१६ मा कोरोना विरुद्ध खोप लगाउने कार्यक्रम सम्पन्न भएको छ। पुस २८ बुधबार देखि २९ गते बिहिवार गरि दुई दिनको समय अवधीमा कुल १००७ जनालाई खोप लगाइएको हो भने १६३ वटा खोप फिर्ता भएको आधारभुत स्वास्थय केन्द्र बुटवल १६ का प्रमुख देवेन्द्र गिरिले जानकारी दिनुभयो। उक्त कार्यक्रमलाई भौतिक रुपमा समाजसेवी तथा जनप्रतिनिधि बाल कुमारी आचार्या ,जनप्रतिनिधि गगन ब.गुरुङ्ग र वाड नं १६ का वडा सचिव जगत ब.केसि सहितको टोलिले सहजीकरणमा मद्दत पुर्याउनु भएको हो।

    स्वास्थय प्रमुख देवेन्द्र गिरिका अनुसार ‘१८वर्ष भन्दा माथीका लाई दुई दिनमा पहिलो र दोश्रो चरणको खोप लगाइएको र अब भने १८ वर्ष भन्दा मुनिका लागि खोप वितरण गरिने कुराको जानकारी गराउनु भएको छ।

    #नोट=फैलिदो ओमिक्रोन भाइरस बाट आफू र आफ्नो समाजलाई सुरक्षित राख्न आफ्नो रहन सहन र खानपिनमा सुधार अनि मास्क अनिवार्य रुपमा लगाउनु पर्ने जानकारी गराइन्छ ।

    Comment

    लोकप्रिय