१७ आश्विन २०७९, सोमबार - Monday 03 October 2022

  • Advertisement skip this

    ब्याडमिन्टन प्रतियोगिताबाट मिर्गौला पीडितलाई सहयोग

    सुधिर ठाकुर,
    बुटवल ,चैत्र २१। बुटवल उप-महानगरपलिक वाड नं १५ मा सेमलार कभर्डहलको आयोजनामा मिर्गौला पीडित सहयोगार्थ ब्याडमिन्टन टुर्नामेन्ट सम्पन्न भएको छ।
    नवलपरासीको सरावल गाउँपालिका वडा नं -१ तिलकपुर बस्ने २३ वर्षिय नगेन्द्र थापाको उपचारका लागि सहयोगको निमित्त सेमलार कभर्डहलले आन्तरिक सि- लेभल ब्याडमिन्टन टुर्नामेन्ट गरेको हो। १९ गते शनिबार भएको टुर्नामेन्टमा कुल १९ टिमको उपस्तिथि रहेको थियो भने टुर्नामेन्टमा बिजेता प्रथम -सन्दिप कुवर ,सागर मरासिनी ,
    दृतिय- पुर्ण बहादुर थापा, पहल सिंह काउचा, र तृतीय हुने जय बहादुर छन्त्याल ,जिवकान्त काफ्ले, लक्षमण काउचा र हर्क बहादुर थापा गरि ८ जना खेलाडीहरुले आफ्नो बिजेता पुरस्कार राशी मिर्गौला पीडित नगेन्द्र थापालाई सहयोग गरेका छन् । टुर्नामेन्टबाट संकलित कुल रु-२१,१५५ राशीलाई अग्रज खेलाडी प्रकाश थापाले पीडित थापाको दाई सरल थापालाई उपस्तिथ खेलाडी समक्ष हस्तान्तरण गर्दै पीडितलाई थप उपचारका लागि अगामी दिनमा सहयोग गर्न सधैं तत्पर रहने बाचा गर्दै बिरामीको छिट्टै स्वास्थ सुधार होस् भनी परिवारलाई हौसला प्रदान गरि कभर्डहलका सम्पुर्ण खेलाडीलाई यस्तो सरहानिय काम गरेको मा धन्यवाद समेत ब्यक्त गरेका थिए ।

    Comment

    लोकप्रिय