१७ आश्विन २०७९, सोमबार - Monday 03 October 2022

  • Advertisement skip this

    सानाकिसान कृषि सहकारीको १७ अौं साधारणसभा तथा छैठौं अधिवेशन सम्पन्न

     रुपन्देही रुपन्देहीको शुध्दाेधन गाउँ पालिका २ भुजौली स्थित सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको १७ अौं साधारणसभा एक समारोहबीच सम्पन्न भएको छ।
    शुध्दाेधन गाउँ पालिका अध्यक्ष किसुनचन्द चौधरीले पानशमा दिप प्रजोलन गरि कार्यक्रमको उद्घाटन गर्दै यश सानाकिसान कृषि सहकारीले सानासाना किसानको हितमा रहि कार्य गरेकोमा धन्यवाद दिदै कृषि कार्यमा गाउँ पालिका शीत सहकार्य गरि सानासाना किसानलाई सेवा पुर्याउन आग्रह समेत गरे संस्थाले अगामी दिनहरूमा पनि कृर्षकहरु लाई उद्धमी बनाई व्यवहारमा ल्याउनु पर्नेमा अध्यक्ष चौधरीले जोड दिए।
    सो साधारणसभामा संचालक समितिका अध्यक्ष धनकुमारी बरालको वार्षिक प्रतिवेदन प्रस्तुतिमा आर्थिक वर्ष ०७७/०७८ मा कुल आम्दानी रु,४ करोड २१ लाख ६ हजार ४ सय ६५ रुपैया भएकोमा भने कुल खर्च रु,३ करोड २५ लाख ५९ हजार ८ सय ४९ भएको र असार मसान्तसम्ममा रु ९५ लाख ४६ हजार ६ सय १६ रुपैया नाफा भएको अध्यक्ष प्रतिवेदनमा प्रस्तुत गरेकी थिइन् लेखा समितिका लेखा संयोजक सत्यदेवी खरेलकाे लेखाप्रतिवेदन प्रस्तुत सभाले पारित गरेको छ।
    यसैगरी साना किसान कृषि सहकारी संस्था लि. खडवा बनगाई शुद्वाेधन-२ रूपन्देहीकाे १७ अाै बार्षिक साधारण सभा तथा छेठाै अधिवेशनमा नयाँ कार्यसमिति सर्वसहमतमा चयन भएको छ। जसमा पुन धन कुमारी बरालकाे अध्यक्ष्ातामा भएको अधिवेशनमा उपाध्यक्ष बिष्णु कुमारी खत्री चयन भएको छ।भने सदस्यमा सिता खत्री,सञ्जु शर्मा नेपाल,पार्वती थारू,प्रेम कुमारी याेगी,सावित्री थारू,चित्ररेखा चाैधरी,सुनिता चाैधरी,सर्वसम्मत निर्वाचित भएका छन लेखा समितिमा लेखा संयाेजक प्रतिमा पाख्ररेल गाेदार सदस्यमा मिना न्यापाने,निर्मला थापा, चयन भएका छन् ।
    उक्त कार्यक्रममा लुम्बिनी प्रदेश कृषि सहकारी संघका संचालक तथा साना किसान कृषि सहकारी सेमलारका अध्यक्ष गोपालप्रसाद पौडेल,सानाकिसान विकास लघु वित बित्तिय संस्था इलाका कार्यालय बुटवलका प्रबन्धक गणेशप्रसाद भट्टराई शुध्दाेधन गाउँ पालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली शुध्दाेधन गाउँ पालिका प्रवक्ता तथा वडा नः४का वडा अध्यक्ष राजेन्द्र कडेल,भुजौली इङलिस स्कुलका प्रिन्सिपल झलक थापा लगायतले नवनिर्वाचित हरुलाइ शुभकामना दिएका थिए।संस्थाका अध्यक्ष धनकुमारी बरालको अध्यक्षतामा शुध्दाेधन गाउँ पालिकाका अध्यक्ष किसुनचन्द चौधरीको प्रमुख्यातामा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष रमा खड्का क्षेत्रीकाे स्वागतमा र संस्थाकी प्रबन्धक नेत्रकुमारी सुवेदीको संचालनमा सो कार्यक्रम सम्पन्न भएको छ।
    Comment

    लोकप्रिय