१७ आश्विन २०७९, सोमबार - Monday 03 October 2022

  • Advertisement skip this

    दानव नदीमा डुबेर एकै घरका दुई मासुमको मृत्यु।

     

    नगेन्द्र केसी भुजौली रुपन्देही
    शुध्दाेधन गाउँ पालिका ७ सिसवाका एकै घरका दुई जना बालबालिका को दानव नदीमा डुबेर मृत्यु भएको छ। शुद्धोधन गाउँ  पालिका र गैडहवा गाउँ पालिकाकाे सिमाना मा पर्ने दानव नदीमा शुद्धोधन ७ सिसवा निवासी लालजि केवटका दुई छोराछोरी करिमा केवट वर्ष ९कि र रामु केवट वर्ष ७ नदीमा डुबेर बिहीबार मृत्युु भएको थियो । स्थानीयका अनुसार दुई दिदीभाइ भैंसी चराउन गएको बेलामा दुबै दिदीभाई र अन्य सानासाना दुई बालक मिली नदीमा नुहाउन भनेर गएका थिए।रामु केवट खोला को गहिरोमा गएपछि दिदी करिमा केवटले भाइ लाई बचाउने प्रयास गरेको र सोही क्रममा दिदी पनि पानीमा डुबेका छ।  अन्य दुई बालकले गुहार गर्दा स्थानीयले उद्धार  गरे । अवस्था धेरै नै नाजुक भएको र भैरहवा मेडिकल कलेजमा लैजाने क्रममा दुवैको मृत्युु भएको अस्पतालले पुष्ठि  गरेको हो। ति बालबालिकाका पिता लालजि केवट जो कि वैदेशिक रोजगारीको क्रममा मलेसिया मा कार्यरतछन, यता घरमा केवटका दुई छोराछोरी काे अकालमा मृत्युु भएको खबरले पिता पनि बेहोशी अबस्थामा रहेको  र घरमा बालबालिका का आमा दुई दिन देखिहोश नआएको स्थानीयले जानकारी दिए ।

    Comment

    लोकप्रिय