१७ आश्विन २०७९, सोमबार - Monday 03 October 2022

  • Advertisement skip this

    कोटहीमाई कृषि सहकारीको छैठौं साधारणसभा सम्पन |

     

    नगेन्द्र केसी शुद्धोधन

     

    रुपन्देहीको शुद्धोधन गाउँ पालिका ५ पुरैनी स्थित काेटहीमाई कृषि सहकारी संस्था लिमिटेडको छ‌ैठौं साधारणसभा एक समारोहबीच सम्पन्न भएको छ।सो साधारणसभाकाे उद्घाटन प्रदेश सभासद पुष्पा चौधरीले पानशमा दिप प्रजोलन गर्दै यश सहकारीले कृषिमा लगानी गरेको र किसानहरूको हितमा काम गरेकोमा धन्यवाद दिदै अगामी दिनहरूमा पनि संस्थाले कृषिलाई नै ध्यानाकर्षण गरि आफ्नो कार्य गर्न आग्रह गरिन।

    शुद्धोधन गाउँ पालिका ५ का वडा अध्यक्ष पुन्नेराम गौतमले आफ्नो वडाका कृषि सहकारी हरुले कृषिमा लगायकाे र वडा कार्यालयले पनि कृषि सहकारी लाई सहयोग पुर्याउँदै आएको र अगामीदिन हरुमा पनि आफू वडाबाट मात्रै नभए व्यक्तिगत रुपमा पनि लागिरहने प्रतिबद्धता गरे।उक्त कार्यक्रममा संस्थाकाे अध्यक्ष मनोहर प्रसाद राजभण्डारीले वार्षिक प्रतिवेदन २०७८ काे प्रतिवेदनमा संस्थाको आव २०७७/७८ असारमसान्त सम्मकाे कुल कारोबार रु,१ करोड २० लाख ५१ हजार ९ सय ८९ रुपैया गरेको र ऋणमा लगानी ७७ लाख ९९ हजार ४सय ६९ रुपैया लगानी गरि शुध्द नाफा ५लाख २४ हजार ७ सय १३ रुपैया गरेको अध्यक्ष प्रतिवेदनमा प्रस्तुत गरेका थिए।

    कार्यक्रममा लेखा संयोजक चन्द्रभान चौधरीको वार्षिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत संस्थाका सचिव पल्टन चौधरीको सचिव प्रतिवेदन प्रस्तुत सभाले सर्वसम्मत पारित गरेको थियो।उक्त कार्यक्रममा गणपति बहुउद्देश्यीय सहकारीका अध्यक्ष सिवराम न्यौपाने,समाजसेवी बुद्धिजीवी लगायतले शुभकामना मन्तब्य राखेका थिए।भने कार्यक्रममा संस्थाका अध्यक्ष मनोहर प्रसाद राजभण्डारीको अध्यक्षतामा प्रदेश सभा सदस्य पुष्पा चौधरीको प्रमुख्यातामा र शुध्दाेधन गाउँ पालिका५का वडा अध्यक्ष पुन्नेराम गौतमको विशिष्टता भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष शान्तिदेवी कडेलकाे स्वागतमा र संस्थाका सचिव पल्टनकाे संचालनमा साे कार्यक्रम सम्पन्न भएको थियो।

    Comment

    लोकप्रिय