१७ आश्विन २०७९, सोमबार - Monday 03 October 2022

  • Advertisement skip this

    ७ दिने कुशन तथा डोरमेट गुडिया बनाउनेतालिम सम्पन्न

    नगेन्द्र केसी शुद्धोधन
    शुद्धोधन गाउँ पालिका २ भुजौली स्थित वडा नः२काे कार्यालयको सभाहलमा एक समारोहबीच ७ दिने कुशन तथा डोरमेट गुडिया बनाउनेतालिम सम्पन्न भएको छ।संगठन,बचत र सीप मुल आधार सीप सिकौं स्वरोजगार र आत्मानिर्भर बनौं काे मुल नाराका साथ एकल महिला समूह शुद्धोधन २काे सक्रियतामा र दुर्गा भगवती आमा समुहको आयोजनामा र शुध्दाेधन गाउँपालिका मानपकडी कार्यालयकाे आर्थिक सहयोगमा सो कार्यक्रम सम्पन्न भएको छ।
    उक्त कार्यक्रममा प्रमुख अतिथि शुध्दाेधन गाउँ पालिकाका अध्यक्ष किसुनचन्द चौधरीले यश गाउँ पालिकाले धेरै विभिन्न उद्योमी तालिमहरुकाे आयोजना गरेतापनि पालिका महिला तथा पुरुषहरूले ब्यवहारमा नल्याएको मा दुख ब्यक्त गर्दै पालिका बाट स्वरोजगार तालिम प्राप्त व्यवसायीक रुपमा आएकोमा गाउँ पालिका स्वरोजगार प्रोसासोरुप एक एक लाख रु,दिने प्रतिबद्धता गर्नुभयो।
    शुद्धोधन  गाउँ पालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत बिपिन क्षेत्रीले महिला हरु लाई उद्योमी बनाउन का लागि नै यो तालिम राखिएकाले यश तालिमप्राप्ति  पछी  पनि व्यबहार मा उतारनु पर्नेमा जोड दिदै यश कार्यक्रमअन्तर्गत रहनु भएका सबैले सोरोजगार गरि बजारीकरण मा ल्याउन आग्रह गर्नुभयो।शुध्दाेधन गाउँ पालिका का उपाध्यक्ष शान्तादेवी ज्ञवालीले महिलाहरूले सिपलाई सिकेर मात्र होइन ब्यवहारमा ल्याउन आग्रह गर्नु भयो|  महिलाहरूले सिपमुलक कार्यलाई निरन्तरता दिने बताउनुभयो।
    भगवती आमासमुहका अध्यक्ष श्यामकुमारी जोशीको अध्यक्ष्ातामा शुद्धोधन  गाउँ पालिकाका अध्यक्ष किसुनचन्द चौधरीको प्रमुख्यातामा र शुद्धोधन  गाउँ पालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली, शुद्धोधन  गाउँ पालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत बिपिन क्षेत्री काेविशिष्टता मा भएको कार्यक्रममा तालिमका प्रशिक्षक अनिता चौधरी तालिममा सहभागी पुनम चौधरी शुद्धोधन गाउँ पालिका एकल महिला अध्यक्ष गौरी बास्तोला शुद्धोधन २ का वडा सदस्य कमल खड्का लगायतले शुभकामना मन्तब्य दिएका थिए।भने कार्यक्रम संचालन समुहका सचिव जयन्ती न्यौपानेले गरिकी थिइ।
    Comment

    लोकप्रिय