१७ आश्विन २०७९, सोमबार - Monday 03 October 2022

  • Advertisement skip this

    रगतमा अक्सिजन बढाउन सहयोग गर्ने खानेकुरा

    आफ्नो दिनचर्यामा अक्सिजनयुक्त खाद्य पदार्थलाई आफ्नो आहारको हिस्सा बनाउनुहोस् जसले रगतमा अक्सिजनको स्तर बढाउन मद्दत गर्छ । अल्कलाइनयुक्त डाइटले रक्त सञ्चारमा अक्सिजनको स्तर बढाउने गर्छ भने यसले ल्याक्टिक एसिडको निर्माणलाई पनि रोक्दछ ।

    अल्कलाइनयुक्त खानाले शरीरको पीएच स्तरलाई सामान्य बनाउँछ भने अंगलाई ठिक तरिकाले काम गर्न मद्दत गर्छ ।

    भेडेखुर्सानीः

    ८.५ पीएच भ्यालु र भिटामिन एले भरपुर भेडेखुर्सानी रोग र तनाव पैदा गर्ने फ्रि रेडिकल्सबाट लड्नमा मद्दत गर्छ ।

    कागतीः

    एसिडिक कागती अक्सिजनयुक्त फल हो जुन खाएपछि शरीरभित्र अल्कलाइनमा परिणत हुन्छ । रुघा–खोकी, फ्लू, छाती पोल्ने र भाइरल रोगमा यसको सेवन गर्दा यो लाभकारी साबित हुन्छ ।

    खरबुजाः

    ९ पिएच भ्यालुसहित सबैभन्दा धेरै अल्कलाइन भएको खरबुजा खाँदा रगतमा अक्सिजनको कमी पूरा हुन्छ ।

    मेवाः

    मेवासहित आँपमा पनि पिएच भ्यालू ८.५ हो । यी दुबै फलले मृगौला सफा गर्ने काम गर्छ ।

    Comment

    लोकप्रिय