९ आश्विन २०७९, आईतवार - Sunday 25 September 2022

  • Advertisement skip this

    बोयर बाख्रा खरिदमा सरकार

    खसीबोकाको मासुका सोखिन मानिस अपरिचित मासु बिक्रेताबाट मासु किन्न डराउँछन्, उनीहरूलाई शंका भइरहन्छ, कतै बगरेले खसीको सट्टा बाख्रीको मासु त दिएन ! यस्तै शंका गर्छन् भनेर बगरेले पनि खसीबोकाको राजखानी देखाएर राख्छ ती सोखिन क्रेतालाई आश्वस्त पार्न। उसले बाख्रीको होइन खसीबोकाकै मासु बेचिँदै छ भन्ने जनाउ दिन्छ। राजखानी देखाएर समेत झुक्याई बाख्रीको मासु बेचिरहेका बगरेहरू बेलाबेलामा पक्राउ परेको देखिन्छ। ती बिक्रेतालाई जबसम्म राजखानी रहेकै गिँडबाट मासु काटेर दिइन्न तबसम्म विश्वस्त हुन सक्दैनन्। त्यसैले मासु किन्नेले खसी काट्दादेखि नै सबै प्रकृया हेर्न पाए वा आफूले विश्वास गरेको बगरेबाट मासु किन्न पाए मात्र ढुक्क हुन्छन्। यही कारण मानिस मासु किन्ने बगरे खुब रोज्छन्। खसीबोकाको मासु खानुपर्नेमा यो डरको मनोविज्ञान खुबसँग गडेको हुन्छ। गज्जब नै छ– बाख्राको मासु बेच्दा यसको लिंग ढाँट्ने चलन त खुब चलेकै थियो। हालै एक समाचार आयो, जसमा बाख्रा बेच्नेले बाख्राको लिंग ढाँटेर होइन, जात नै ढाँटेर बेचेछ। त्यो पनि ज्यूँदो बाख्राको, बेचेको पनि थोरैको होइन, एक करोड २४ लाख रुपैयाँको।

    Comment

    लोकप्रिय