१७ आश्विन २०७९, सोमबार - Monday 03 October 2022

  • Advertisement skip this

    नेपाल प्रगतिशील प्राध्यापक संगठन सिद्धार्थ गौतम बुद्ध क्याम्पसको क्याम्पस इकाई अधिवेशन सम्पन्न।

    सुद्धोधन अन्लाईन खबर                                                                                                                                          बुटवल ।नेपाल प्रगतिशील प्राध्यापक संगठन सिद्धार्थ गौतम बुद्ध क्याम्पसको क्याम्पस इकाई अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले क्याम्पसमा भइरहेका शैक्षिक प्राज्ञिक गतिविधिहरुको समिक्षा गर्दै सर्वसम्मत रूपमा नयाँ क्याम्पस कमिटी गठन गरेको छ ।

    भुपाल शर्मा को नेतृत्वमा ७ सदस्य कमिटी चयन भएको छ। सचिवमा रामनाथ उपाध्याय, काेषाध्यक्षमा सिमा घिमिरे र सदस्यहरुमा उपप्राध्यापक प्रगतीरत्न गुभाजु, लक्ष्मी पान्डे, दुर्गा भुसाल र कृष्ण प्रसाद सापकोटा चयन हुनुभएको छ ।

    अधिवेशनले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा भुपाल शर्मा र शिव कुमार ज्ञवालीलाई पठाउने निर्णय समेत गरेको छ । अधिवेशनमा क्याम्पसका सहायक क्याम्पस प्रमुख मनोज प्रसाद सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्दै प्राध्यापहरु निरन्तर प्राज्ञिक कार्यमा सकृय रहदै क्याम्पसको उन्ननयनमा लाग्नुपर्ने बताउनु भएको थियो ।

    Comment

    लोकप्रिय