१७ आश्विन २०७९, सोमबार - Monday 03 October 2022

  • Advertisement skip this

    इटली दोस्रो पटक च्याम्पियन, यी हुन् अहिलेसम्मका युरोकप विजेता

    २८ असार, काठमाडौं । वेम्बली मैदान सोमबार बिहान सम्पन्न फाइनलमा इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएर इटलीले ५३ वर्षपछि युरोकपको उपाधि जित्यो । इंग्ल्याण्डका बुकायो साकाको अन्तिम पेनाल्टी प्रहार गोलकिपर जियानलुजी डोनारुम्बाले बचाएपछि इटली च्याम्पियन बनेको हो ।

    युरोकपको ६० वर्षे इतिहासमा इटलीले दोस्रो पटक उपाधि जित्दा इंग्ल्याण्ड भने ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनल पुग्दा उपविजेतामै सीमित भयो ।

    Comment

    लोकप्रिय