९ आश्विन २०७९, आईतवार - Sunday 25 September 2022

  • Advertisement skip this

    ‘विश्वासको मत लिइहालें, गठबन्धन हल्लिदैमा फुट्दैन’

    २२ असार, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि निम्तिएको संकटको शिकार सबभन्दा पहिले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बने । दुई तिहाइ बहुमतमा रहेका मुख्यमन्त्री गुरुङ नेकपा विभाजनसँगै अल्पमतमा परे र नेपाली कांग्रेसका लागि सोच्दै नसोचेको अवसर आयो । चार दल र एक स्वतन्त्र सांसदको गठबन्धन बनाएर कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बने ।

    २९ जेठमा मुख्यमन्त्री बनेका पोखरेलका लागि सरकारको नेतृत्व सहज भने देखिएको छैन । चार विना विभागीय मन्त्रीसहित शपथ लिएका उनले विश्वासको मत त लिएका छन् तर, न विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिन सकेका छन्, न मन्त्रिपरिषद् विस्तार गर्न नै । गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टी (जसपा)ले भने सहमति भए अनुसार अर्थ मन्त्रालय नभए कडा कदम चाल्ने चेतावनी दिएको छ

    Comment

    लोकप्रिय