१७ आश्विन २०७९, सोमबार - Monday 03 October 2022

  • Advertisement skip this

    बिहानै आयो दु:खद  समाचार संखुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

    ­काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।

    दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ ।

    घटनास्थलमा उद्धारकार्य जारी छ

    Comment

    लोकप्रिय