१७ आश्विन २०७९, सोमबार - Monday 03 October 2022

  • Advertisement skip this

    दुई छोरीसहित श्रीमती जलाउन खोज्ने फरार अभियुक्त ६ वर्षपछि पक्राउ

    सन्धिखर्क : आगलागीबाट ज्यान मार्ने उद्योग मुद्धामा कैद सजाय पाएका फरार अभियुक्त ६ वर्षपछि पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा जिल्ला हरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोली उनलाई गत शुक्रबार २५ गते पक्राउ गरेको हो ।

    घटना लगत्तै भुमिकास्थान नगरपालिका ३ निवासी तुलबहादुर बन्जाडेलाई प्रहरीले पक्राउ गरी थुनामा राखेको थियो । केही दिनपछि धरौटीमा छुटेका तुलबहादुर जिल्ला अदालत अर्घाखाँचीले २०७३ साल वैशाख ७ गते ३ वर्ष १० महिना २८ दिन जेल सजायको फैसला सनाएको थियो । त्यसपछि उनी फरार थिए।

    भरतपुर महानगरपालिका वडा नं. ११ अमनचोक भन्ने स्थानमा लुकिछिपि बस्दै आएको अवस्थामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा ल्याएको प्रहरी नायव उपरीक्षक अम्मर थापाले बताए ।

    अहिले उनलाई अर्घाखाँची जिल्ला अदालतको आदेश कैद भुक्तान गर्न लागि जिल्ला कारागार अर्घाखाँची चलान गरिएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।

    घटना आज भन्दा ६ वर्ष अघि अर्थात् २०७२ साल कात्तिक ६ गतेको हो । भुमिकास्थान नगरपालिका ३ निवासी तुलबहादुर बन्जाडेले  अत्यधिक मदिरा सेवन गरी मात्तिएर घरमा आगो लगाइ छोरी र श्रीमतीलाई जलाउने प्रयास गरेका थिए ।

    साँझ ५ बजेतिर अत्यधिक मदिरा सेवन गरी घरमा आएका बन्जाडेले घरमा रहेकी श्रीमतीसँग भनाभन भएपछि छोरीसहित घरमा रहेकी श्रीमतीलाई मार्न भनी राति आफ्नै घरमा आगो लगाएका थिए ।

    Comment

    लोकप्रिय