१७ आश्विन २०७९, सोमबार - Monday 03 October 2022

  • Advertisement skip this

    एकैपटक ३६ जना महिलामा कोरोना संक्रमण देखिएपछि माया घर शिल

    इटहरी : निःसहाय महिलाको आश्रयस्थल इटहरीस्थित माया घरका ३६ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनअघि ५० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा ३६ जनालाई कोरोना पुष्टि भएको हो । माया घरमा अहिले ८७ जना महिला आश्रय लिइरहेका छन् ।

    झण्डै आधा महिलामा कोरोना पोजिटिभ देखिएपछि सबैलाई छुट्टाछुट्टै राखिएको माया घरकी सचिव सुभद्रा प्याकुरेलले जानकारी दिइन् । सिमित चर्पी, धारा भएका कारण भने केही समस्या भएको उनले बताइन् ।

    पूर्वका विभिन्न ठाउँबाट उद्धार गरेर ल्याइएका निःसहाय, बिरामी तथा अपांगता भएका महिलाले आश्रय लिइरहेको माया घरमा रुघा, खोकी र सामान्य ज्वरो फैलिएपछि परीक्षण गरिएको थियो ।

    इटहरी अस्पतालका इमर्जेन्सी विभाग प्रमुख तथा कोभिड १९ होम आइसोलेन सर्पोट टिम संयोजक रामकुमार धमलाकाअनुसार ३६ जनामध्ये २८ जनामा सुख्खा खोकी, ज्वरो, वान्ता हुने, खान मन नलाग्ने जस्ता लक्षणहरु देखिएका छन्।

    Comment

    लोकप्रिय