९ आश्विन २०७९, आईतवार - Sunday 25 September 2022

  • Advertisement skip this

    अब टिक टक मा १० मिनेट सम्म को भिडियो अपलोड गर्न मिल्ने ।

     

    प्रविधि सम्बन्धीकाठमाडौं । चिनियाँ भिडियो एप टिकटक अहिले संसारमै सर्वाधिक डाउनलोड हुनेमध्ये एक एप हो । पछिल्ला वर्षमा नेपालमा पनि यसको लोकप्रियता बढिरहेको छ । छोटो भिडियो प्लेटफर्मको रुपमा यसलाई सबै उमेर र वर्गका मानिसले रुचाएका छन् । सर्वसाधारणदेखि राजनीतिज्ञसम्मले टिकटक अकाउण्ट खोलेका छन् ।

    तर अब भने टिकटकले आफ्नो प्लेटफर्ममा १० मिनेटसम्मको भिडिओ अपलोड गर्ने सुविधा उपलब्ध गराएको छ । टिकटकको यो निर्णयलाई लिएर विश्वभरका प्रयोगकर्ताबाट मिश्रित प्रतिक्रिया आइरहेको छ ।

    टिकटकका प्रवक्ताले १० मिनेटसम्मको भिडियो राख्न मिल्नेबारे जानकारी गराएका छन् । यो फिचरको सुरुवात गर्न पाउँदा आफूहरु निकै उत्साहित भएको उनले बताएका छन् । यो निर्णयले विश्वभरका क्रिएटरलाई थप रचनात्मक बन्न भूमिका खेल्ने अपेक्षा कम्पनीले लिएको छ।

    टिकटकमा सुरुमा १५ सेकेन्डको भिडियो अपलोड गर्न सकिन्थ्यो । यसपछि ६० सेकेन्ड हुँदै तीन मिनेटसम्मको भिडियो पोस्ट गर्न सकिने सुविधा थपिएको थियो । अन्य भिडियो सेयरिङ प्लेटफर्मसँग प्रतिस्पर्धा गर्ने रणनीतिले टिकटकले भिडियो अवधि थप गरेको जनाइएको छ ।

     

    Comment

    लोकप्रिय