१७ आश्विन २०७९, सोमबार - Monday 03 October 2022

  • Advertisement skip this

    बालबालिकालाई बिद्यालय लानलैजान आफै अभिभावक नै जान शुध्दाेधन गाउँ पालिकाकाे आग्रह

     

    रुपन्देही ।शुध्दाेधन गाउँ पालिका रुपन्देहीले स्थानीयवासी लाई आफ्ना बालबच्चाहरु घरमा रहँदा, विद्यालय लैजादा ल्याउँदा तथा अन्य विभिन्न क्रियाकलापमा सहभागी गराउदा सावधानी अपनाउन अनुरोध गरेको छ । गाउँ पालिकाले सिमाना जोडिएका छिमेकी पालिकाहरुबाट बच्चाहरु अपहरण गर्ने गरेका घटनाहरु दिनहुँ बढ्दै गईरहेको भन्ने विषयमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरु मार्फत जानकारीमा आएको भन्दै सावधानी अपनाउन अभिभावकहरुलाई आग्रह गरेको हो ।‘छिमेकी मुलुक भारतसँगको खुला सिमानाबाट नेपाल भित्रिएका अपरिचित व्यक्तिहरुको समूहले यस गाउँ पालिका क्षेत्र लगायत यससँग सिमाना जोडिएका छिमेकी पालिकाहरुबाट बच्चाहरु अपहरण गर्ने गरेका घटनाहरु दिनहुँ बढ्दै गईरहेको भन्ने विषयमा विभिन्न सञ्चारका साधन तथा सामाजिक सञ्जालहरु मार्फत जानकारीमा आएकोले सम्पूर्ण अभिभावकहरुले आफ्ना बालबच्चाहरु घरमा रहँदा, विद्यालय लैजादा ल्याउँदा तथा अन्य विभिन्न क्रियाकलापमा सहभागी गराउदा सावधानी अपनाउनु हुन सबैमा जानकारी तथा स्थानीयवासीलाई अनुरोध समेत गरेको छ। साथै अपहरणका क्रियाकलापसँग सम्बन्धित विषयमा कुनै जानकारी प्राप्त हुन आएमा नजिकको प्रहरी चौकी, स्थानीय प्रशासन वा गाउँ पालिकाका वडा अध्यक्ष गाउँ पालिका अध्यक्ष गाउँ पलिका उपाध्यक्ष लगायत सरोकारवाला व्यक्ति प्रहरी प्रशासन लाई तुरुन्त जानकारी गराउन र साथे गाउँपालिकाको सरोकारवाला लाई सम्पर्क गर्न र गराउन आग्रह गरेको छ।
    शुद्धोधन गाउँ पालिका अध्यक्ष विष्णुप्रसाद बस्याल सम्पर्क नः९८५७०२७२९८
    गाउँ पालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली९८४७०४३४०७
    वडा १का वडा अध्यक्ष उदयराज गडेरिया ९८०७४१५३८६
    वडा नः२का वडा अध्यक्ष कमल खड्का क्षेत्री९८१७४३९२६१ वडा नः३का वडा अध्यक्ष हेम बहादुर खड्का ९८५७०२९६५७ वडा नः४का वडा अध्यक्ष केशवराज अधिकारी९८५७०२४००८ वडा नः५का वडा अध्यक्ष चन्द्रभान चौधरी ९८५७०११५७०
    वडा नः६का वडा अध्यक्ष उपेन्द्र साहानी ९८५७०१४२९०
    वडा नः७का वडा अध्यक्ष भीमबहादुर यादव९८५७०२११०१ सम्पर्क गर्न र गराउन शुद्धोधन गाउँ पालिकाले सबै स्थानीयलाई आग्रह गरेको छ।

    Comment

    लोकप्रिय