१७ आश्विन २०७९, सोमबार - Monday 03 October 2022

  • Advertisement skip this

    सेमलार खानेपानीको दोश्रो चरण को चौथो अधिबेशन निर्वाचन मा टुंगियो

    सन्जु चालिसे

     

    बुटवल । सेमलार खानीपानी उपभोक्ता तथा सरसफाइ संस्था बुटवल १६ को ११ओ बन्द सत्र तथा चौथो अधिवेशन कार्यलय परिसर मा सम्पन्न भयेको छ।उक्त कार्यक्रमको सभाअध्यक्षता संस्थाकै अध्यक्ष बुद्धि प्रसाद ढकालले ग्रहन गर्नुभयेको थियो भने अतिथिमा बुटवल १६का वडा अध्यक्ष कृष्ण प्रसाद पौडेल , बुटवल १४का वडा अध्यक्ष दधिराम नेउपाने, १५ का जनप्रतिनिधि सुर्य काफ्ले, नेपाली कांग्रेस झेत्रिय सचिव भवानी प्रसाद पौडेल ,वडा न.१६ र १४का जन्प्रतिनिधि लगायत विभिन्न राजनीति दलका नेता साथै निवर्तमान नगरप्रव्क्ता रामप्रसाद रेग्मी सहित खाने पानीका उपभोअक्ताहरुको ठुलो संख्यामा उपस्थिति रहेको थियो।
    खानेपानी को अधिबेशन दुईचरण मा सम्पन्न भयेको थियो, यस अघि खुल्ला सत्र श्रावण को २९गते नेपालसरकार का गृहमन्त्री को प्रमुखतामा सेमलार कबड बुटवल१५को हलमा सम्पन्न भयेको थियो। तेस दिन कार्यक्रम लम्बिएको ले पहिलो चरणमा मा मात्र सिमित रहेको र दोश्रो चरणको ११औ बन्द सत्र संस्थाके प्रधानकार्यलय बुटवल १६ केदली मा शनिबार सम्पन्न भयेको हो।

    खुल्ला सत्रमा प्रमुख अतिथि खाण्ँले सेमलार खाने पानीको उच्च कार्यलाइ धन्यवाद दिनुका साथै स्वच्छ पानी स्वास्थको लागि अति उपयुक्त रहेको र स्वच्छ पानी पिउन पाउने नगरका हरेक मानिसको अधिकारको कुरा रहेको र सबैले यसको उप्योग गर्न पाउन पर्ने,कसैलाई यसबाट वन्चित नराख्न आघ्र पनि गर्नु भयेको थियो। बेदानिधि रिजाल, हरिधवज मल्ल , भवानि प्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएकोथियो। कार्यक्रममा संस्थाका अध्यक्ष ढ्कालले पुनः बन्द सत्रमा वार्षिक पर्तिवेद्न पेश गर्नु भयो भने आर्थिक पर्तिवेदन संस्थाका कोषअध्यक्ष केशव सापकोटाले प्रस्तुत गर्नु भएको थियो। ११औ साधारणसभा को बन्द सत्र र चौथो अधिबेशनमा धारा संख्याको अध्यक्ष कार्यक्रमको संचालन संस्थाका सचिव जय प्रकास छन्त्याल ले गर्नु भये को थियो।

    येस अधिबेशनले ले नया कार्यसमिति को चयन हुन्न न सकेकोले येस प्रक्रिया लाई चुनावमा लैजाने अन्तिम निर्णय भयेको छ। चुनावीप्रक्रिया लाई सहज गर्नका निम्ति भिम सापकोटा को सम्योजकमा ,काशिराम पौडेल र येकनारयण भुसाल गरि ३सदस्य निर्वाचन मण्डल समिति गठ्न भयेको छ।निर्वाचन मन्डलले चुनाव को कार्यतालिका पनि सार्वजनिक गरेको छ जसमा अश्वोजको ८ गते निर्वाचन हुने घोषणासमेत को सूचना जारी गरेको छ।

    Comment

    लोकप्रिय