१७ आश्विन २०७९, सोमबार - Monday 03 October 2022

  • Advertisement skip this

    बुटवल उपमहानगरपालिका वडा न. १५ पिठिया बजार टोल बिकास समिति को नेतृत्त्वमा पुनः कर्ण बहादुर गौतम

    बुटवल ।बुटवल उपमहानगरपालिका वडा न.१५ अन्तर्गतको पिठिया बजार टोल विकास समितिको छैठो साधारणसभा र तेस्रो अधिबेशन श्री गणेश ज्ञान ज्योति पब्लिक स्कुल मा शनिवार  सम्पन्न भयेको छ। उक्त कार्यक्रममा सर्वसम्मत रुपमा पुनः नेतृत्त्वमा पुरानै अध्यक्ष को चयन भयेको छ । जसको अध्यक्षमा कर्ण बहादुर गौतम, उपाध्यक्षमा भगवती देवि अर्याल , सचिवमा लोक प्रसाद भुसाल , र कोषाध्यक्षमा खेम कुमारी थापा रहनु भएको छ । यसै गरी सदस्य मा प्रेम बहादुर थापा, उर्मिला थापा र सुनिता रिजाल गरि तिन जना सदस्य पनि सर्वसम्मत निर्वाचित भै कुल सात सदस्य कार्यसमिति चयन भएका छन।
    सो निर्वाचन सम्पन्न गर्न यसे टोल विकास समितिका संस्थापक अध्यक्ष कृष्ण प्रसाद बस्नेत को संयोजनमा सन्जय प्रसाद चालिसे र डोलराज खरेल सहितको तीन सदस्यीय निर्वाचन समितिको गठन साधारण सभाले गरेको थियो ।

    निर्वाचन सम्पन्न भए पछि शनिवार नयाँ समितिलाई निवर्तमान समितिले पदभार हस्तान्तरण गरेको छ । पद स्थापन कार्यक्रमको सभापतित्व निर्वाचन समितिका संयोजक कृष्ण प्रसाद बस्नेतले गर्नु भएको थियो भने प्रमुख अतिथिमा बुटवल उपमहानगरपालिका वडा न.१५ कि वडा सदस्य श्री रमा पौडेल पराजुली रहनुभयेको थियो । कार्यक्रममा निवर्तमान उपाअध्यक्ष सहित समाजका अग्रज  वक्तव्य  आदिले नयाँ समितिलाई शुभकामना दिनु भयो । कार्यक्रममा स्वागत मन्तव्य सुमित्रा लामिछाने र सोम बुढाथोकि र धन्यवाद ज्ञापन यमनाथ सुबेदिले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन डोलराज खरेलले गर्नुभएको थियो

    Comment

    लोकप्रिय