१७ आश्विन २०७९, सोमबार - Monday 03 October 2022

  • Advertisement skip this

    बुटवल उपमहानगरपालिका लेअसारे हिलोमा रोपाइँ गरेर धान दिवस मनाएको छ।

    बुटवल उपमहानगरपालिकाले असारे हिलोमा रोपाइँ गरेर धान दिवस मनाएको छ ।वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो । उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे नेतृत्वका जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता, किसानहरुको बाक्लो उपस्थिति ले बुटवल १९ मनहारापुर भाटाका तिलक थारुको खेतमा रोपाइँ गरेको हो ।

    रोपाइँअघि आयोजित कार्यक्रममा नगर प्रमुख पाण्डेले बुटवल १८ र १९ को क्षेत्रलाई हरियाली क्षेत्रका रुपमा विकास गर्ने बताए । उनले सो क्षेत्रका किसानलाई भैरहवा विमानस्थलबाट विदेश निर्यात गर्ने गरी कृषिजन्य उत्पादनमा जोड दिन आग्रह गरे ।

    उक्त कार्यक्रम मा प्रमुख बोल्दै‘यो क्षेत्रलाई कृषि उत्पादनमा अगाडि बढाउनुपर्छ । यहाँका बासिन्दाले चासो नदिने र व्यवसायिक उत्पादन सुरु नगर्ने हो भने हामी आत्मनिर्भर बन्न सक्दैनौं’, उनले भने, ‘यहाँ उत्पादन भएको तरकारी, फलफूल यहीं खपत गर्ने र विदेश निर्यात गर्ने गरी तपाईंहरुले चासो दिनुहोस्, उपमहानगरपालिकाले के कसरी साथ दिनुपर्ने हो दिन्छ ’भन्नुभयो ।

    कार्यक्रममा वडा न.१५ का अध्यक्ष एंव नगर प्रवक्ता शिव राना,१७ का अध्यक्ष ज्ञानबहादुर रेस्मी,१८ का वडाअध्यक्ष गुरुप्रसाद पङ्गेनी,वडा न. १९ का चन्द्रसिङ थापा , नेपाली कांग्रेस  छेत्र न:३का सचिब भवानिप्रसाद शर्मा पौडेल,नेपाली कांग्रेस बुटवल नगरका सचिव ल
    लगायतको बाक्लो उपस्थिति रहेको थियो ।उक्त कार्यक्रम को सन्चालन १९न:व वर्डा  ,सचिव ले कार्यक्रमको सन्चालन  गरेका थिये।

    Comment

    लोकप्रिय