९ आश्विन २०७९, आईतवार - Sunday 25 September 2022

  • Advertisement skip this

    रुपन्देही को शुद्धोधन गाउँपालिकामा ६३करोड ७४ लाख ८ हजार बढीको बजेट सार्वजनिक।

    शुद्धोधन । रुपन्देहीको शुद्धोधन गाउँपालिकाले आर्थिक वर्ष २०७९/८०  का लागि ६३  करोड ७४ लाख ८ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँसभाको ११ औं अधिवेशनमा पालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले  चालुतर्फ ५६  प्रतिशत अर्थात ३५ करोड ७५ लाख ८ हजार ४ सय ८० र पुँजीगत  ४४ प्रतिशत अर्थात २८ करोड ८ लाख ९९ हजार ५ सय २०  हुनेगरी बजेट सार्वजनिक गरेकी हुन।

    उक्त बजेटमा आन्तरिक स्रोतबाट ३ करोड ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य छ भने राजस्व बाँडफाँडबाट १० करोड ६६ लाख ४६ हजार, संघीय सरकारबाट ३६ करोड २लाख ५०  हजार ,लुम्विनी प्रदेश सरकारबाट ३ करोड ५५ लाख १२ हजार,सामाजिक सुरक्षा भत्ता वापत  १० करोड ,सडक बोर्ड नेपालबाट रू.१० लाख, सूचना प्रविधि अधिकृतको पारिश्रमिक अनुदान रू.४लाख ५० हजार गरी जम्मा कुल बजेट ६३ करोड ८४ लाख ८ हजार  रहेको छ।

    गाउँपालिकास्तर र वडास्तर गरि भौतिक पुर्वाधार विकास तर्फ रु.१२ करोड ५६ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । प्रदेश र संघिय सरकारबाट जम्मा १९ करोड ८० लाख  ६५ हजार  रहेको छ।

    वडाबाट संचालन गरिने वडा स्तरीय योजना तथा कार्यक्रमको लागि पालिकाकै प्रत्येक वडाका लागि १ करोडका दरले सात वटा वडाका लागि  ७ करोड बजेट ब्यवस्थापन गरिएको छ ।लुम्विनी प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान , समपुरक अनुदान र विशेष अनुदान गरी २ करोड ९० लाख सरकारले उपलब्ध गराएको कार्यविधि र निर्देशन अनुसार प्रभावकारी रूपमा कार्यान्वयन गरिने छ ।

    कृषि क्षेत्रको ब्यवसायीकरण, आधुनिकीकरण र यन्त्रीककरण गर्दै लैजान ,कृषि र पशु विकास क्षेत्रमा सशर्त समेत गरी २ करोड ५०  लाख   बजेट व्यवस्थापन गरिएको छ । शिक्षामा सशर्त अनुदान र गाँउपालिकाबाट विनियोजित बजेट समेत गरी कुल  १६ करोड ३८  लाख २३  हजार को बजेट विनियोजन गरिएको छ । स्वास्थ्यमा सशर्त अनुदान र गाउँपालिकाबाट विनियोजित समेत गरेर ३  करोड ९७  लाख ८ हजार बराबरको बजेट विनियोजन गरिएको छ ।

    गाउँपालिका परिसरमा हरियाली प्रवद्धन गर्नका लागि ५० लाख,खानेपानी तथा सरसफाईको लागि  १५ लाख, बन, बाताबरण तथा विपद् ब्यवस्थापन र ल्याण्डफिल्ड साइट र सबदाह गृहको उपयुक्त स्थान पहिचानका गरि गुरुयोजना तयार गर्नका लागी १ करोड बराबरको बजेट ब्यवस्थापन गरिएको छ ।

    जननिर्वाचित पदाधिकारीहरूलार्ई लुम्विनी प्रदेश सरकारले तोकेको सुविधा उपलब्ध गराउन ९५ लाखको बजेट ब्यवस्था गरिएको छ । सामुदायिक कोष तर्फ १५ लाख ,विभिन्न लक्षित वर्गको लागि २० लाख , संघीय सरकार र लुम्विनी प्रदेश सरकारबाट प्राप्त हुने समपुरक अनुदानका योजनामा साझेदारी गर्न  २ करोड  बराबरको बजेट विनियोजन गरिएको छ ।

    कुल बजेट मध्ये  सामाजिक शुरक्षा भत्ता तर्फ १० करोड ,शिक्षक तथा स्वास्थ्यकर्मीहरुको तलब  तथा विषयगत शाखाहरुको बजेट समेत गरि रु. १७ करोड ७० लाख ८५ हजार बजेट ब्यवस्थापन गरिएको छ। आन्तरिक लेखापरीक्षण कार्यविधि २०७९/८०,विनियोजन विधेयक, मध्यमकालिन खर्च संरचना ,सार्वजनिक खरिद नियमावली २०७६ पहिलो संसोधन,न्यायीक समिति,विधेयक समिती,आर्थिक ऐन ,स्वास्थ्य बिधेयक आदि शुद्धोधन गाउँपालिका वडा न. ४का अध्यक्ष एंव  प्रवक्ता केशब अधिकारीले प्रस्तुत गर्नुभएको थियो, साथे उक्त बिधेयक गाउँसभाले सर्वसम्मतले पारित गरेको छ

    Comment

    लोकप्रिय