९ आश्विन २०७९, आईतवार - Sunday 25 September 2022

  • Advertisement skip this

    २७ गते देखि बेपत्ता भएका गोविन्द पौडेलको शव फेला ।

    सुधिर ठाकुर,
    बुटवल । बुटवल १६ नरैनापुरमा पर्ने दानव नदिमा ; माघ २७ गते देखि बेपत्ता भएका गोविन्द पौडेलको शव फेला परेको छ।
    माघ २७ गते बिहान घरबाट निस्केका पौडेल राती घर नफर्किदा निजका परिवारले खोजी कार्य सुरु र रन्यौरा इलका प्रहरीलाई खबर गरेको हो। लगातार ६ दिनको खोजतलास पछि ७औं दिनमा स्थानीय युवाहरुले पौडेलको शवलाइ दानव नदिमा उत्रिएको देखेपछि मृतकको परिवार र प्रशासनलाई खबर गरेका हुन् ।
    शव देखेपछि परिवार र स्थानीय आक्रोसित भएर थप अनुसन्धान गर्न जोड गर्दै उपस्तिथ ईलाका प्रहरी रन्यौरालाइ मुचुल्का उठाउन रोक लगएपछि बुटवल ईलाकाबाट डि.एस.पि ठग बहादुर केसि सहितको टोलि घटनास्थलमा पुगेको हो।
    डि.एस.पि केसि र ईलाका प्रहरी रन्यौराका प्रमुक प्रहरी निरीक्षक जीवन लामिछानेको निगरानीमा मृतक पौडेलको शवलाई पानीबाट निकलेर छानबिन गरि मुचुल्का उठाएको हो। मृत्युको कारण पत्ता लगाउन शरिरको पोस्टमार्टम को रिपोर्ट कुर्नु पर्ने र प्रहरी तर्फबाट अनुसन्धान जारी रहेको ईलाका प्रहरी बुटवलका प्रमुख डि.एस.पि ठग बहादुर केसिले बताउनुभयो।

    Comment

    लोकप्रिय