१७ आश्विन २०७९, सोमबार - Monday 03 October 2022

  • Advertisement skip this

    2हफ्ता न बित्दे फेरि बढियो पेट्रोलिइयम पधार्थ। ।

    Breaking News
    बुटवल ।सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढाएको छ

    नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब पेट्रोल १९९ रूपैयाँ, डिजेल र मट्टीतेल १९२ रूपैयाँ लिटर पर्नेछ।एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ।

    हवाइ इन्धन (आन्तरिक र बाह्य) को मूल्य पनि सरकारले बढाएको छ। हवाइ इन्धन आन्तरिकमा लिटरको १९ रूपैयाँ र बाह्यमा प्रतिकिलो लिटर १०० अमेरिकी डलर बढाइएको निगमले जनाएको छ।यसअघि जेठ २६ गते मात्र निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको थियो।

    Comment

    लोकप्रिय