१७ आश्विन २०७९, सोमबार - Monday 03 October 2022

  • Advertisement skip this

    शुद्धोधनमा साइलेज उत्पादन र महत्त्व साथे मके प्रविधि तालिम ।

     

    शुद्धोधन । रुपन्देही रुपन्देहीको शुध्दाेधन वडा न. २ मा साइलेज उत्पादन र महत्त्व एंवम मकै खेती प्रविधि तालिम सम्पन्न भएको छ।आयोजक एसके खनाल एग्रो कम्पनीको आयोजना शुद्धोधन वडा न.२ को आर्थिक सहयोगमा कार्यक्रम भएको थियो ।शुध्दाेधन गाउँ पालिका वडा न.२ का वडाअध्यक्ष विष्णुप्रसाद बस्यालकाे अध्यक्षता,गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईको प्रमुख आतिथ्यता भएको कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईले कार्यक्रमको उद्घाटन गर्दै यश एस,खनाल साइलेज कम्पनीले गाउँ पालिकामा पशुपालन किसानहरूको आवश्यकता अनुसारकाे कार्यक्रम ल्याएको मा धन्यवाद व्यक्त गर्दै पशुपालन किसानहरूले ले पनि तालिममा मात्रै सिमित नभइ तालिमको सदुपयोग गरि कृषिमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिदै यश गाउँ पालिकामा पशुपालन कृर्षक र तरकारी खेती गर्ने किसानहरूले तालिम तथा बिउभिजन लगायतका कृषि कार्यक्रम ल्याएकोमा गाउँ पालिका सदेव तैयार रहेको बताउनुभयो। शुध्दाेधन गाउँ पालिका २ का वडा अध्यक्ष विष्णुप्रसाद बस्यालले यश कार्यक्रमले पशुपालन व्यवसायीको हितका लागि गरिएको र यश वडामा दुध उत्पादनमूलक कार्यमा धेरै सहयोग पुग्ने अपेक्षा राखेको र अगामी दिनहरूमा पनि कृषिको हितमा रही बृहत तालिम हरुकाे व्यवस्था गर्ने प्रतिबद्धता गर्नुभयो।

    शुध्दाेधन गाउँ पालिका २ का वडा सदस्य उमाकान्त चापागाईंले यश क्षेत्रमा पशुपालन किसान धेरै छन।र पशुपालन किसानले साईलेजकाे बारेमा ज्ञान खासै नभएको र यश एस,के,खनाल साईलेज कम्पनीले यो एक दिने तालिमको आयोजना गरि किसानहरूको मनोबल बढाएकोमा धन्यवाद व्यक्त गर्नु भयो।

    एस,के,साईलेज कम्पनीका प्रबन्ध निर्देशक सञ्जय खनालले शुध्दाेधन गाउँ पालिकाका सातै वटा वडालाइ मकै उत्पादनमूलक मकै जोन र मकैमै आत्मनिर्भर बनाउने उदेश्य रहेको बताउदै यश क्षेत्रमा पशुपालन किसानहरूले मकै खेतीयोग्य जग्गाको विवरण दिएर एस,के,खन साईलेज कम्पनी सित सहकार्य गरि मकै खेतमा पशुपालन व्यवसाय बाट मनग्य आम्दानी गर्न सकिने दावी गर्नुभयो।

    एस,खनाल साइलेज कम्पनीका कृषि प्राविधिक विवेक शर्माले समृद्धि सम्भव छ कृषि बाटै,। देश को दोश्रो मुख्य उत्पादन बाली मकै हो। उन्नत मकै बाट हामिले साईलेज उत्पादन गरी पशुपालन व्यवसाय बाट मनग्य आम्दानी गर्न सकिन्छ। साईलेज़ उत्पादन पशुपालन व्यवसाय का लागि वरदान नै साबित भएको बताए। एस,के,खनाल साईलेज कम्पनीका प्रबन्ध निर्देशक सञ्जय खनालकाे स्वागत मन्तव्यमा र एस,के,खनाल साईलेज कम्पनीका उत्पादन व्यवस्थापक माधव चालिसेकाे संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।

    Comment

    लोकप्रिय