१७ आश्विन २०७९, सोमबार - Monday 03 October 2022

  • Advertisement skip this

    पूर्ण खोप सुनिश्चितता घोषणा समारोह सम्पन्न

    नगेन्द्र केसी

    शुद्धोधन। शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन र पुर्वाधार सुशासन समृद्धि शुध्दाेधन गाउँ पालिकाकाे मुल आधारकाे मुल नाराका साथ शुध्दाेधन गाउँ पालिकाकाे आयोजनामा पालिकाका १२ वर्ष देखि माथिका सम्पूर्ण नागरिकको कोभिड- १९ विरुद्धको पुर्ण खोप सुनिश्चितता घोषणा समारोह एक समारोहबीच आइतबार भएको छ।जिल्ला समन्वय समितिका प्रमुख ,तथा खोप समन्वय समितिका संयोजक एकराज विश्वकर्मा प्रमुख अतिथिले यश गाउँ पालिका पूर्ण खोप सुनिश्चितता घोषणा समारोह सम्पन्न गरेकोमा धन्यवाद दिदै हाल सम्मको रुपन्देहीमा यो सातौं पालिका हो ,जसले पूर्ण खोप पालिका बनाएको बताए। अबको नवनिर्वाचित हरु लाई स्वास्थ्य कार्यक्रममा एउटा चुनौती थपिएको बताए यश गाउँ पालिका भित्र रहेको मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्र लाई १५ सैया अस्पताल छिटोभन्दा छिटो बनाई सेवासुविधा उपलब्ध गराउन पर्नेमा जोड दिए।थप्दै यश गाउँ पालिका लाई एउटा स्वच्छ पालिका र स्वास्थ्य पालिका बने राम्रो पालिका र हाम्रो पालिका बन्ने बताए।शुध्दाेधन गाउँ पालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले यश कोभिड-१९ रोग विरुद्धमा आफू वडा अध्यक्षमा रहदै निवर्तमान गाउँ पालिका अध्यक्ष शीत सहकार्य गरि निवर्तमान जनप्रतिनिधि हरु स्वास्थ्यकर्मी हरु काे सहयोगमा धेरै कार्य गरि आज यश कार्यक्रममा गर्न पाउदा सबैलाई धन्यवाद दिए र अगामी दिनमा स्वास्थ्यमा धेरै भन्दा धेरै सुधार ल्याउने प्रतिबद्धता गर्दै स्वयसेविकाहरुकाे हितमा रहि कार्य गरिने अध्यक्ष बस्यालले बताए।साे कार्यक्रममा शुध्दाेधन गाउँ पालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली जिल्ला प्रशासन कार्यालय रुपन्देहीका उपप्रमुख धुर्व कुवर शुध्दाेधन गाउँ पालिका पुर्व अध्यक्ष किसुनचन्द चौधरी शुध्दाेधन गाउँ पालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत झभिलाल भट्टराई लगायतले शुभकामना मन्तब्य दिएका थिए।उक्त कार्यक्रममा कोभिड-१९ विरुद्धको अभियानमा लागिपरेका स्वास्थ्यकर्मी स्वयसेविका विभिन्न संघसंस्था लगायत हरलाई सम्मानपत्र सहित सम्मानित गरिएको थियो।शुध्दाेधन गाउँ पालिका अध्यक्ष विष्णुप्रसाद बस्यालकाे अध्यक्षतामा र जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समितिका संयोजक एकराज विश्वकर्माकाे प्रमुख्यातामा जिल्ला प्रशासन कार्यालय रुपन्देहीका उपप्रमुख धुर्व कुवरकाे विशिष्टता मा भएको कार्यक्रममा शुध्दाेधन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीको स्वागतमा शुध्दाेधन ३ का वडा सचिव अग्नि पौडेलको संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।

    Comment

    लोकप्रिय