१७ आश्विन २०७९, सोमबार - Monday 03 October 2022

  • Advertisement skip this

    शुद्धोधनमा  राष्ट्रिय परिचयपत्र सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न।

    नगेन्द्र केसी, शुद्धोधन

    रुपन्देहीको शुद्धोधन गाउँपालिकामा  राष्ट्रिय परिचयपत्र सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। देशब्यापी राष्ट्रिय परिचयपत्रको औचित्य बढिरहदा शुद्धोधनका जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण प्रदान गरिएको हो।

    राष्ट्रिय परिचयपत्र पञ्जिकरण विभागका इन्जिनियर   इसान ज्ञवालीले कार्यक्रम माथि प्रकाश पार्दै सम्पुर्ण लाई कार्यक्रममा स्वागत गर्नुभयो।सहायक प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले राष्ट्रिय परिचय पत्रको औचित्य  र यसको डाटा संकलन गर्नका लागि आवश्यक पर्ने प्रक्रियाको विषयमा अभिमुखीकरण दिनुभएको थियो ।कसरी बनाउने ,आवश्यक कागजात, परिचय कसको ,भुमिका कस्को यी बारेमा जनप्रतिनिधि र कर्मचारी हरु लाई सेवाग्राहीलाई सहजरूपमा कार्य गर्न र गराउन आग्रह गर्नुभयो।

    शुद्धोधन गाउँ पालिका अध्यक्ष किसुनचन्द चौधरीले राष्ट्रिय परिचयपत्र एउटा महत्त्वपूर्ण परिचयपत्र रहेको र यसको महत्त्व बेग्लै रहेको बताए र यस परिचयपत्र बनाउने  कार्यमा गाउँ पालिकाका सबै जनप्रतिनिधि, कर्मचारी ,बुद्धिजीवी लगायतको भुमिका रहने बताउदै कार्यमा ध्यानाकर्षण गर्नुपर्नेमा जोड दिनुभयो।शुध्दाेधन गाउँ पालिका अध्यक्ष किसुनचन्द चौधरीको अध्यक्ष्ातामा साहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको प्रमुख्यातामा र , गाउँ पालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत झवीलाल भट्टराई, गाउँ पालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको विशिष्टतामा भएको कार्यक्रममा वडा अध्यक्ष, वडा सचिव, गाउँ पालिका कर्मचारी लगायतको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो।गंगा गैरेकाे सञ्चालनमा साे कार्यक्रम सम्पन्न भएको थियोे

    Comment

    लोकप्रिय