९ आश्विन २०७९, आईतवार - Sunday 25 September 2022

  • Advertisement skip this

    बुटवल १५मा नगर कै कान्छा उम्मेदवार रहेका शिव राना ले नेपाली काङ्ग्रेस बाट वडा अध्यक्ष सहित प्यानल नै बिजयी

    सन्जु चालिसे

    बुटवल उपमहानगरपालिका वडा न.१५ मा नेपाली काँग्रेसको तर्फ बाट बुटवल के कान्छा वडा अध्यक्ष शिव राना सहित प्यानल नै बिजयी भएको छ । बुटवल उपमहानगरपालिका वडा न. १५ बाट वडा अध्यक्ष पदका उम्मेदवार नेपाली काँग्रेसका शिव राना नगर के सबे भन्दा कन्छा उम्मेदवार हुन।राना ले १३९४ मत ल्याउनुभएकाे छ भने उहाँका प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार डम्बर बहादुर भण्डारीले १११४ मत ल्याउनुभएकाे छ । काङ्ग्रेसका राना २८० मतान्तरले विजय हुनुभएकाे हाे

    साथै नेकपा एमाले खुल्ला उम्मेदवार वडा सदस्य १ मा खडानन्द साप्कोटाले १०९५ मत र नेपाली काङ्ग्रेस खुल्ला वडा सदस्य कुल प्रसाद लम्सालले १२६३ मत ल्याउनुभएकाे छ। खुल्ला वडा सदस्य १ तर्फ १६८ मतान्तरले नेपाली काँग्रेसका कुल प्रसाद लम्साल विजयी हुनुभएकाे छ,यसै गरि नेकपा एमाले उम्मेदवार खुल्ला वडा सदस्य २ मा रेशम खत्रीले ११३४ मत र नेपाली काँग्रेस उम्मेदवार खुल्ला वडा सदस्य २ मा सुर्य प्रसाद काफ्लेले १३१५ मत ल्याउनुभएकाे छ । खुल्ला वडा सदस्य २ तर्फ १८१ मतान्तरले नेपाली काँग्रेस उम्मेदवार सुर्य काफ्ले विजय हुनुभएकाे छ । नेपाली काँग्रेसकि उम्मेदवार महिला वडा सदस्य रमा पौडेल पराजुलीले १३०८ मत ल्याउनुभएकाे छ भने नेकपा एमाले उम्मेदवार महिला वडा सदस्य लक्ष्मी पन्थले ११५० मत ल्याउनु भएको छ । काङ्ग्रेसकि उमेदवार पराजुलि १५८ मतको मतान्तरले विजयी हुनुभएकाे छ, नेकपा एमाले उम्मेदवार दलित महिला वडा सदस्य अन्जली गोतामेले ११४१ मत ल्याउनुभएकाे छ भने, नेपाली काँग्रेस उम्मेदवार दलित महिला वडा सदस्य मन्जु दर्जीले १३२३ मत ल्याए संगै १८२ मतान्तरले नेपाली काँग्रेस उम्मेदवार मन्जु दर्जी विजयी हुनुभएकाे छ । बुटवल उपमहानगरपालिका वडा न.१५ नेपाली काँग्रेसका कान्छा वडा अध्यक्ष रानासहित प्यानलनै विजय भयेको छ।

     

    Comment

    लोकप्रिय