१७ आश्विन २०७९, सोमबार - Monday 03 October 2022

  • Advertisement skip this

    मध्य  नेपालको अधिक्तम छेत्रमा बर्षा । यस्तो छ मौसम पूर्वानुमान

    बुटवल । अहिले बुटवलसहित पश्चिमी क्षेत्रका केही ठाउँमा हल्का बुन्दाबान्दी भैराखेको छ । पश्चिमी क्षेत्रको मौसम पूर्णरुपमा बद्ली भएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम सामान्यदेखि पूर्णरुपमा बद्ली भएको छ । यी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् ले बताये ।

    आज अन्य क्षेत्रको मौसम पनि सामान्यतया बद्ली हुने मौसमविद् ले जानकारी दिये। मौसमविद्का अनुसर आज काठमाण्डौं उपत्यकासहित देशका अधिकांश ठाउँमा हल्का वर्षाको सम्भावना छ । यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुनेछ । केही दिनयता लगातारजसो मौसम बद्लीसँगै हिमाली जिल्लामा हिमपात भइरहेको छ । यसले चिसो बढाएको छ ।

    आज राति पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ । भोलिबाट मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् ।

    Comment

    लोकप्रिय